कहिले खुल्छ सवारी चालक अनुमति पत्रको परीक्षा?
काठमाडौं। सवारी चालक अनुमति पत्रको परीक्षा खुल्ने समय अनिश्चित बनेको छ। सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि सवारी चालक अनुमति पत्रका परीक्षा कहिलेबाट सुरु हुने भन्ने बारेमा अझै अन्योल छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार सीसीएमसीले सञ्चालन गर्न हुने निर्णय गरेपछि मात्रै लाइसेन्सको परीक्षा खुल्नेछ। उनकाअनुसार विभागका अनुसार हाल साढे ४ लाखभन्दा बढीले परीक्षाका लागि फर्म भरेका छन्।
प्रतिक्रिया दिनुहोस्