हङकङमा व्यापार गर्ने अमेरिकी कम्पनीलाई चेतावनी दिने तयारीमा बाइडेन काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले हङकङमा व्यापार गरिरहेका अमेरिकी कम्पनीलाई त्यहाँ व्यापार गर्दाका जोखिमका बारेमा चेतावनी दिने तयारी गरेका छन्। चीनसँग तनाव बढ्दै गएपछि बाइडेनले सो रणनीति अपनाएका हुन्। वाइडेन आफैंले नै छिट्टै हङकङमा व्यापार गरिरहेका कम्पनीलाई जोखिम चेतावनी दिने तयारीबारे बताएका हुन्। “हङकङको अवस्था बिग्रीरहेको छ। चीनले आफ्नो प्रतिबद्धता पुरा गरेको छैन,” बाइडेनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्