हत्या आरोपमा माउ हात्ती र बच्चालाई प्रहरी पक्राउ गरेपछि... एजेन्सी। भारतको असमको गोलाघाट जिल्लाको एक युवकको हत्याको आरोपमा असम प्रहरीले माउ हात्ती र बच्चालाई पक्राउ गरेको छ। यद्यपी जाँचपछि प्रहरीले हात्ती र बच्चा दुवैलाई वन अधिकारीहरुलाई सुम्पिएको छ। यो घटना हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। जहाँ धेरै मानिसहरुले यस घटनालाई लाजमर्दो भएको बताएका छन् भने केहीले यसलाई मजाकमा उडाएका छन्। यो घटना न्युज एजेन्सी ‘एएनआई’ले सार्वजनिक गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्