अज्ञात बन्दुकधारीद्वारा नाइजेरियाका सेनाका प्रमुखको हत्या एजेन्सी। नाइजेरियाका सेनाका प्रमुख हसन अहमदलाई अज्ञात बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन्। राजधानी अबुजाबाट लोकोजातर्फको सडकमा यात्रा गरिरहँदा उनीमाथि अज्ञात बन्दुकधारीहरुले हमला गरेका हुन्। उक्त क्षेत्रमा धेरै मात्रामा चोरीडकैती हुने भएकाले उनको हत्यालाई पनि यसैसँग जोडेर हेरिएको छ। तर, आधिकारिक रूपमा भने उनको हत्या कसले र किन गर्‍यो भन्ने खुलासा भएको छैन। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्