भारतको महाराष्ट्रमा हेलिकप्टर दुर्घटना, एकको मृत्यु एजेन्सी। भारतको महाराष्ट्रमा शुक्रबार एक हेलिकप्टर दुर्घटना भएको छ। महाराष्ट्रको शिवारा नजिकैको चोपडा तालुका जंगलमा शुक्रबार साँझ भएको घट्नामा हेलिकप्टरमा सवार उडान निर्देशकको मृत्यु भएको छ भने ट्रेनी पाइलट गम्भीर घाइते भएकी छिन्। घाइते पाइलट अंशिका गुर्जरलाई स्थानीय आदिवासीहरूले दुर्घटनाग्रस्त हेलिकप्टरबाट निकालेर अस्पताल पुर्‍याएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्