नेपाली सेनामा सुरु भयो ‘तीन जोड एक’ कमाण्ड काठमाडौं। नेपाली सेनाले आफ्नो सांगठनिक संरचना परिवर्तन गर्दै ‘तीन जोड एक’ कमाण्डमा गएको छ। उक्त सांगठनिक पुर्नसंरचनालाई सेनाले शुक्रबारबाट कार्यान्वयनमा ल्याएको हो। २०७८ असार २४गतेको मन्त्रिपरिषदको बैठकले ‘नेपाली सेनाको सांगठनिक पुर्नसंरचना२०७७÷७८’ स्वीकृत गरेको थियो। त्यसअघि२०७७फागुन२०गते सरकारले सेनाको ‘तीन जोड एक’ संरचना स्वीकृत गरेको थियो। तीन जोड एक संरचना आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड झण्डा सम्बन्धित कमाण्डका सेनापतिलाई हस्तान्तरण गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्