तालिबानले लिएन भारतीय फोटो पत्रकारको हत्याको जिम्मेवारी
एजेन्सी। तालिबान समूहले अफगानिस्तानमा मारिएका भारतीय फोटो पत्रकार दानिश सिद्धीकी हत्याको जिम्मेवारी लिन अस्वीकार गरेको छ। तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक टेलिभिजनसँगको कुराकानीमा सिद्धीकी कसरी मारिए भन्ने आपूmहरुलाई थाहा नभएको बताए। पुलिट्जर पुरस्कार बिजेता सिद्धीकी अफगानिस्तानमा जारी तालिबान र सुरक्षा फौजबीचको संघर्षको फोटो खिच्ने क्रममा मारिएका हुन्। तालिवानले सिद्धीकी हत्याको निन्दा गर्दै युद्धस्थलमा बिना जानकारी नआउन पत्रकारलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्