अफगानिस्तानका राष्ट्रपतिको गम्भीर आरोप– पाकिस्तानबाट १० हजार जिहादी अफगानिस्तान प्रवेश गरे एजेन्सी। अफगानीस्तानका राष्ट्रपति अशरफ गनीले पाकिस्तानले तालिबानलाई गम्भीर शान्ति वार्तामा बस्न मनाउन नसकेको आरोप लगाएका छन्। पाकिस्तानले विदेशी आतंकवादीको अफगानिस्तान हुने प्रवेशलाई समेत रोक्न नसकेको आरोप उनले लगाए। पाकिस्तानका प्रधानमन्त्री र भारतीय, चिनियाँ र रुसी विदेशीमन्त्रीसमेत सहभागी रहेको एक क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै गनीले पाकिस्तान लगायतका देशबाट १०हजार जिहादी अफगानिस्तान प्रवेश गरेको बताए। छिमेकी भएर पाकिस्तानले नसघाएको आरोप उनले लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्