कोकाकोलाले पत्रकार बुढाथोकीबारे नाम तोकेर छानबिन गर्न भनेकोमा महासंघको ध्यानाकर्षण
काठमाडौं। नेपाल पत्रकार महासंघले महासंघका सदस्य तथा लुम्बिनी सञ्चार डटकमका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध कोकाकोला नेपालस्थित बोटलिंङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न निर्देशन जारी गरेको घट्नाप्रति ध्यानाकर्षण गरेको छ। महासंघले प्रकाशित समाचार प्रति चित्त नबुझ्दा कानुनअनुसार जानुपर्नेमा निर्णय र निर्देशन दिई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हस्तक्षेप गरेको भन्दै यसबारे कारबाही गर्न माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्