शुक्रवार शिक्षक महासंघले माइतीघरमा धर्ना दिने काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदो शुक्रवार माइतीघर मण्डलामा तीन घण्टे धर्ना दिने भएको छ। पूर्वघोषित कार्यक्रमअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका दुई सय शिक्षकहरूले माइतीघरमा धर्ना दिने महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। माइतीघर मण्डलामा कार्यक्रमको तयारीका लागि आवश्यक छलफल गर्न सोमबार आन्दोलन परिचालन समितिको बैठक डाँकिएको छ। महासंघले असार १० गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्