तीन महिनामा विपद्ः १४० जनाको मृत्यु, ३६ बेपत्ता, साढे ५६ करोडभन्दा बढीको क्षति काठमाडौं।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकले पछिल्लो तीन महिनामा देशभर १ हजार ९८९ घटना भएको बताएको छ।ती घटनामा परी १४० जनाको मृत्यु,३६ जना वेपत्ता र ३२६ जना घाइते भएका छन्। विपद्का घटनाबाट ५६ करोड ६४ लाख ९० हजार ६९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ।सो क्षति २०७८ वैशाख १ गतेदेखि साउन १ गतेसम्मको अवधिमा भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्