पाँच जनाले यसरी लुटे २० मिनेटमा १८ किलो सुन
एजेन्सी।भारतको आगरास्थित कमलानगरस्थित मुणप्पुरम फाइनान्सको शाखाबाट पाँच जनाले १८ किलो सुन लुटेका छन्।सुरुमा दुई जना लुटेराले फाइनान्सको म्यानेजर विजय नरवरियासँग सुन धरौटी राखेर ऋण लिने कुरा गर्छन्।कुराकानी गर्दै गर्दा तीन जना साथी पनि त्यहाँ पुग्छन्। उनीहरुले हतियार देखाएर ५ जना स्टाफको हात बाँधिदिन्छन्। २० मिनेटभित्रै उनीहरु सुन लुटेर भाग्न सफल भएको केही समयपछि प्रहरी इन्काउन्टरमा दुई जना मारिएका थिए।
प्रतिक्रिया दिनुहोस्