जनकपुर–जयनगर रेलवेको गति परीक्षण गरिँदै जनकपुर।बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्रयाकको गति परीक्षण गरिने भएको छ।रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।सरकारले ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए।रेल जनकपुरको इनर्वा स्टेशनमा त्रिपालले छोपेर राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्