कांग्रेसले पठायो सरकारलाई विरोध पत्र

काठमाडौं। नेपाली कांग्रेसले सरकारलाई देशभरबाट विरोध पत्र पठाएको छ।

सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोधमा कांग्रेस जिल्ला समितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका हुन्।

आज काठमाडौंको माइतीघर मण्डलमा भेला भई कांग्रेसका कार्यकर्ताले नारा जुलुस गरेका थिए। त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर विरोध पत्र बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्