काठमाडौं । अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलले कृषकबाट उखु खरिद गरेबापत् तिर्नुपर्ने सम्झौताअनुसारको भुक्तानी दिन अस्वीकार गरेका छन्।

चिनी उद्योगी, उद्योग मन्त्रालय र कृषकबीच गत महीना भएको सम्झौताअनुसार माघ पहिलो साताभित्र उखु कृषकको बाँकी रकम दिइसक्नुपर्ने थियो। तर, दुई उद्योगले कृषकलाई सम्झौताअनुसारको रकम नदिएको उद्योग मन्त्रालयले जनाएको छ।

अन्नपूर्णले अहिलेसम्म कृषकलाई तीन करोड ९० लाख रूपैयाँ मात्र भुक्तानी दिएको छ। जबकि, उसले कृषकबाट उखु खरिद गरेबापत् ४० करोड रूपैयाँ तिर्न बाँकी छ।

त्यसैगरी, कृषकको १० करोड भुक्तानी गर्न बाँकी रहेको इन्दिरा सुगर मिलले हालसम्म ७४ लाख रूपैयाँ मात्र भुक्तानी दिएको छ। यी दुई उद्योगलाई समयमै भुक्तानी गर्न भन्दै उद्योग मन्त्रालयले ३ पुसमा पत्र पठाएको छ।

पत्रमार्फत् मन्त्रालयले माघ पहिलो साताभित्रै भुक्तानी दिने समयसीमा स्मरण गराउँदै नदिएमा कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयका अधिकारीहरूले त्यसपछि पनि दुवै मिलले सम्पर्क नगरेको देखापढीलाई बताए।

श्रीराम सुगर मिलले भने कृषकसँग आफूले छुट्टै सम्झौता गरेको जानकारी उद्योग मन्त्रालयलाई दिएको छ। मिलले सम्झौता गरिएको पत्रसमेत मन्त्रालयलाई उपलब्ध गराएर किसानसँग सम्झौता भएको र त्यहीअनुरुप पैसा भुक्तानी गर्ने जानकारी दिएको छ।

सम्झौता भएपछि उद्योगले कति भुक्तानी दियो भन्ने चाहिँ खुलाएको छैन। किसानसँग उखु किनेबापत् श्रीरामले ४२ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानहरूको भनाइ छ।

मन्त्रालयसँगै तथ्यांक छैन

कृषकबाट उखु खरिद गरेबापत् भुक्तानी दिन बाँकी रहेका उद्योगमध्ये पाँच उद्योग हालसम्म उद्योग मन्त्रालयको सम्पर्कमा आएका छैनन्। लुम्बिनी सुगर मिल,बागमती सुगर मिल, खाँडसरी सुगर मिल, बाबा बैजुनाथ सुगर मिल र महाकाली सुगर मिल सम्पर्कमा आएका छैनन्।

जसमध्ये लुम्बिनीले १० करोड र बागमती सुगर मिलले ११ करोड रूपैयाँ भुक्तानी दिन बाँकी छ। खाँडसरी र बाबा बैजुनाथले कति भुक्तानी दिन बाँकी छ भन्ने खुलाइएको छैन। उद्योग मन्त्रालयले चिनी मिलका सञ्चालकलाई सम्पर्कमा ल्याइदिन भन्दै गृह मन्त्रालयलाई समेत पत्र पठाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले मन्त्रालयसँग मिलले भुक्तानी दिन बाँकी रहेको रकमको तथ्यांक नभएको बताए। उनले भने, “उद्योगले एउटा रकम भन्छन्, किसान अर्को रकम । त्यहीकारण मन्त्रालयसँग भुक्तानी पाउन/दिन बाँकी रहेको तथ्यांक छैन।”

अन्नपूर्ण सुगर मिलको उदाहरण दिँदै उनले भने, “किसानहरूले अन्नपूर्ण मिलले ४० करोड दिन बाँकी रहेको बताउँदै आएका छन् भने मिल सञ्चालकहरू २५-२६ करोड मात्रै भुक्तानी दिन बाँकी रहेको बताउँछन्।”

" /> काठमाडौं । अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलले कृषकबाट उखु खरिद गरेबापत् तिर्नुपर्ने सम्झौताअनुसारको भुक्तानी दिन अस्वीकार गरेका छन्।

"> उखु कृषकले पैसा पाएनन्, अन्नपूर्ण र इन्दिरा चिनी मिलले मन्त्रालयलाई नै टेरेनन्: Dekhapadhi
उखु कृषकले पैसा पाएनन्, अन्नपूर्ण र इन्दिरा चिनी मिलले मन्त्रालयलाई नै टेरेनन्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्