पश्चिम युरोपमा बाढीमा परी मर्नेको संख्या १८० पुग्यो एजेन्सी। पश्चिम युरोपेली राष्ट्र जर्मनी, बेल्जियम र नेदरल्याण्डमा भारी वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या १८० पुगेको छ। बाढीले जर्मनीको राइनल्याण्ड-पलाटिनेट प्रान्तको एहरवीलर क्षेत्रमा ११० जनाको मृत्यु भएको छ भने राइन-वेस्टफालिया प्रान्तमा ४५ जनाको मृत्यु भएको छ। बेल्जियममा अहिलेसम्म मृत्यु हुनेको संख्या २७ रहेको छ। हाल वर्षाको मात्रा घटेकाले उद्धार कार्यलाई तीव्रता दिइएको स्थानीय प्रशासनले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्