सभामुखको उम्मेद्वार टुंग्याउन नेकपाको सचिवालय बैठक जारी

काठमाडौं। सभामुखको उम्मेद्‌वार टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रतिनिधि सभाको सभामुखको उम्मेद्‌वार टुंग्याउनेगरी निर्णायक छलफल भइरहेको स्रोतले जनाएको छ।

आजै बिहान मात्र बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुखका विषयमा सहमति भएको थियो।

नेकपा नेता अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा दुई अध्यक्ष सहमत भएको भनिएको थियो। अध्यक्षद्वयबीच भएको सहमतिका आधारमा सचिवालय बैठकले सभामुखको उम्मेद्‌वार टुंगो लगाउने नेकपाको तयारी छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि प्रतिनिधि सभा सभामुखविहीन छ।

सभामुख चयनको प्रक्रिया अघि बढाउने गरी भोलि, ६ माघमा संसद बैठक बोलाइएको छ। सभामुखमा सहमति नहुँदा प्रतिनिधि सभाको बैठक यसअघि तीनपटक सरेको थियो।

प्रतिक्रिया दिनुहोस्