बढी भाडा असुल्ने ७७ वटा सार्वजनिक यातायात कारबाहीमा काठमाडौं।ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ वटा सवारी साधनलाई कारबाही गरेको छ।यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो।साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौं उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि कारबाही गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्