अग्‍नि सापकोटालाई सभामुखकाे उम्मेद्‍वार बनाउने नेकपा सचिवालयकाे निर्णय
प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
आजै बिहान मात्र बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुखका विषयमा सहमति भएको थियो।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि प्रतिनिधि सभा सभामुखविहीन छ।
सभामुख चयनको प्रक्रिया अघि बढाउने गरी भोलि, ६ माघमा संसद बैठक बोलाइएको छ। सभामुखमा सहमति नहुँदा प्रतिनिधि सभाको बैठक यसअघि तीनपटक सरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्