पाकिस्तानमा ट्रक र बस ठेक्किदा ३० जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते एजेन्सी।पाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भयानक दुर्घटना भएको छ।ट्रक र बस आपसमा ठोक्किदा ३० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको स्थानीय मिडियाले जनाएका छन्। मृत्यु हुनेहरु सबै इदमा घर फर्किनेहरु रहेका छन्।घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।दुर्घटना मुजफ्फरगढको गाजी खान नजिक इन्डस हाइवेमा भएको थियो।बसमा ७५ जना यात्री रहेका थिए। बस सियालकोटबाट राजनपुर तर्फ गइरहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्