सरकारले मेडिकल माफियाको हितमा काम गरे आन्दोलनः डा.गोविन्द केसी
काठमाडौं। सरकारले मेडिकल माफियाको हितमा काम गरे आन्दोलन गर्ने चेतावनी अभियन्ता डा. गोविन्द केसीले दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। विज्ञप्तिमा डा.केसीले भनेका छन्, 'जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गरिनुपर्छ।'
प्रतिक्रिया दिनुहोस्