सिक्किमका अतिरित्त मुख्य सचिवले नेपालको धम्पुसको फोटो राखी ‘अद्भुत सिक्किम’ लेखेपछि
काठमाडौं।भारतको सिक्किमका अतिरिक्त मुख्यसचिव जीपी उपाध्यायले नेपालको धम्पुस गाउँको फोटो ट्वीटरमा राखी ‘अद्भुत सिक्किम’ लेखेपछि ट्रोलको शिकार बनेका छन्।भेरिफाइड ट्वीटर अकाउन्ट भएका उपाध्यायले गत शनिबार उक्त फोटो राखी‘अद्भुत सिक्किम’ लेखेका थिए।उनले फोटो सेयर गरेको केही समयमै फोटो सिक्किमको नभई नेपालको धम्पुस गाउँको भएको प्रतिक्रिया आएपछि उनलाई ट्रोल बनाइएको थियो।उपाध्यायले पछि गलत फोटो परेकामा माफी माग्दै फोटो परिवर्तन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्