‘पेगासस स्पायवेयर’ले मानवअधिकारको हनन् गरेको राष्ट्रसंघको ठहर
काठमाडौं।संयुक्त राष्ट्रसंघले ‘पेगासस स्पायवेयर’जस्ता निगरानी प्रविधिमाथि कडा लगाम लगाउन सबै देशका सरकारलाई आग्रह गरेको छ।‘पेगासस स्पायवेयर’ मार्फत भारत सरकारले कूटनीतिज्ञ, नेता, पत्रकार, व्यापारी लगायतको फोन ह्याक गरी सूचना चोरी गरेको सार्वजनिक भएपछि राष्ट्रसंघले उक्त आग्रह गरेको हो।‘पेगासस स्पायवेयर’ले मानवअधिकारको हनन् गरेको र यो निकै चिन्ताजनक विषय भएको राष्ट्रसंघले प्रतिक्रिया दिएको छ।‘पेगासस स्पायवेयर’ इजरायलको एनएसओ ग्रुप टेक्नोलोजिज्ले निर्माण गरेको हो।
प्रतिक्रिया दिनुहोस्