इमरान खानको फोन भारतले ह्याक गरेको खुलेपछि पाकिस्तान आक्रोशित, भन्यो– मुद्दा उठाउँछौं एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोन ह्याक गरी सूचना चोरी (जासूसी) गरेको खुलासा भएपछि पाकिस्तान आक्रोसित बनेको छ। पाकिस्तानका सूचना प्रसारणमन्त्री फवाद चौधरीले यस मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा लैजान बताएका छन्। विभिन्न देशका मिडियाले अहिले भारतले पेगासस स्पायवेयरको मद्दतमा सम्भावित ह्याक गरेका कूटनीतिज्ञ,पत्रकार लगायतको सूची सार्वजनिक गरेका छन्। फोन ह्याकको पूर्ण विवरण प्राप्त गरेपछि अन्तर्राष्ट्रिय मञ्चमा यो मुद्दा उठाइने चौधरीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्