विश्वका सबैभन्दा धनी उद्योगपति जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदै एजेन्सी। विश्वका सबैभन्दा धनी उद्योगपति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदैछन्। निर्धारित समयअनुसार उनी नेपाली समयअनुसार उनी साँझ ५ः१५बजे अन्तरिक्षतर्फ प्रस्थान गर्नेछन्। यात्राको क्रममा बेजोसले दुईवटा रेकर्ड बनाउने छन्। अन्तरिक्ष यात्रामा उनको भाई मार्क र सबैभन्दा युवा अन्तरिक्ष यात्री १८वर्षका ओलिवर दाइमेन पनि बेजोससँगै जाँदैछन्। एकजना ८२वर्षीय महिला पनि बेजोससँगै अन्तरिक्ष यात्रामा जाने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्