प्रदेश ५ः नाम र राजधानी तोक्न दबाब
रुपन्देही। प्रदेश ५ को पाँचौ हिउँदे अधिवेशन ५ माघदेखि शुरू भएको छ।
चौथो अधिवेशन झन्डै चार महीनाअघि सकिएको थियो। त्यसपछिको पहिलो बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयले प्राथमिकता पाएको छ।
प्रदेश सभा सदस्यले यही अधिवेशनबाटै प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनीहरूले चार महीना अवधिमा जनताले स्थायी राजधानीको कुरा उठाएकाले अब ढीला गर्न नहुने बताए। यो अधिवेशन सकिँदा नाम र स्थायी राजधानी प्रदेशले पाउनुपर्ने उनीहरूको माग छ।
नेकपाका पूमुख सचेतक भूमिश्वर ढकालले यसअघि दलहरूकै सहमतिमा प्रदेश सभाबाट महत्वपूर्ण निर्णय भएको बताए। नामाकरण र राजधानीको विषय सहमतिबाटै टुंग्याउनुपर्ने बताए।
“नाम र राजधानी सिफारिसका लागि गठित उपसमितिले प्रदेश सभामा प्रतिवेदन पेस गरेपछि हामी सबैले छलफल गरेर टुंग्याउन सक्छौं”, उनले भने।
प्रदेशको नामाकरण र राजधानी निर्धारणको लागि दीपेन्द्र पुन मगरको संयोजकत्वमा समिति बनेको थियो। समितिले आफ्नो प्रतिवेदन प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएको छ।
प्रदेशको नाम लुम्बिनी राख्न एकमत देखिएको छ। राजधानी भने बुटवल, दाङसँगै कपिलवस्तुलाई पनि विकल्पका रूपमा हेरिएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्