लखनउका ४५ निजी अस्पतालमा छापाः अप्रेसन कक्षको औषधी राख्ने फ्रिजमा भेटिए बियरका बोतल
बीबीसी। भारतको लखनउमा जिल्ला प्रशासनले एकसाथ ४५ निजी अस्पतालमा छापा मारेको छ। जिल्ला प्रशासनले चिकित्सा विभागका अधिकारीको नेतृत्वमा ती अस्पतालमा छापा मारेको हो। छापा मार्दा कतिपय अस्पतालसँग लाइसेन्स नभएको, कतिले लाइसेन्स नवीकरण नगरेको, कुनैको अप्रेसन कक्षको औषधी राख्ने फ्रिजमा बियरका बोतल भेटिएका थिए। धेरै अस्पतालहरुमा चिकित्सक नै थिएनन्। अस्पतालहरुले ठगी गरेको भन्दै बिरामीले उजुरी दिएपछि एकसाथ अस्पतालमा छापा मारिएको हो।
प्रतिक्रिया दिनुहोस्