‘पेगासस स्पाइवेयर’ मार्फत कुन देशमा कति जना पत्रकार माथि जासुसी गरियो?
एजेन्सी। इजरायली कम्पनी एनएसओले विकास गरेको ‘पेगासस स्पाइवेयर’ प्रयोग गरी विश्वभर पत्रकारहरू माथि जासुसी भइरहेको खबर सार्वजनिक भएका छन्। अजरबैजानमा दमन र भ्रष्टाचार उजागर गर्ने ४८ जनाभन्दा धेरै, मोरक्कोमा सरकारको भ्रष्टाचार तथा मानवअधिकार उल्लंघन घटना बाहिर ल्याउने ३८ जना, युएईमा १२ जना र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्ने ३८ जना पत्रकारको सरकारले जासुसी गरेको खुलेको छ।
प्रतिक्रिया दिनुहोस्