नेपाली सेनाले दुई वर्षमा २११ विस्फोटक पदार्थ निस्क्रिय बनायो काठमाडौं। नेपाली सेनाले पछिल्ला दुई आर्थिक वर्षमा देशका बिभिन्न स्थानमा २११ वटा बिस्फोटक पदार्थ (आइइडी) निस्क्रिय बनाएको छ। नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०६६/७७ मा १२५ र २०७७/७८ मा ८६ वटा आइडी निस्क्रिय बनाइएको हो। बितेका चौबिस महिनामा एक महिनामा (२०७७ कार्तिक) मात्र सेनाले आइडी निस्क्रिय गर्नु परेन, बाँकी सबै महिनामा कुनै न कुनै स्थानमा आइडी सेनाले निस्क्रिय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्