'सवारी चापले नौविसे–नागढुंगा सडक मर्मत गर्न सकिएन' : सडक कार्यालय
१० असोजमा यस सडकमा १२ घण्टा लामो जाममा फसेपछि मिर्गौलासम्बन्धी समस्या भएर उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहको बसभित्रै मृत्यु भएको थियो।
सो सडकको नौविसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको २ किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्दछ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सडक मर्मत गर्दा १० मिनेट सवारी रोक्नासाथ ३ किलोमिटरसम्म जाम हुने गरेकोले समस्या थपिएको बताउँछन्।
नौविसे–नागढुंगा सडक हुँदै दैनिक १४ हजार जति सवारीसाधन उपत्यका आवतजावत गर्छन्।
सडक मर्मत गर्न गत वर्ष ठेक्का खुलाएपनि काम गर्न नसक्ने भन्दै ठेकेदार कम्पनीहरुले ठेक्का नलगाएको डिभिजन सडकले जनाएको छ। कार्यालका अनुसार लगातार पानी परेकोले खाल्डा पुर्ने, धस्सिएको ठाउँमा सडक मर्मत गर्न थालेपनि सवारी चापले काममा अवरोध भएको छ।
दशैंको नवमी र टीकाका दिन सवारी चाप घट्ने भएकाले काम गर्ने मानिस भेटिएमा एकतर्फी सवारी रोकेर कार्यालयले काम गर्ने तयारी गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्