चार्टर उडानमा ब्रम्हलुट : सम्बन्धित कम्पनीमाथि छानबिन हुँदै
काठमाडौं। कोरोना महामारीबीच चार्टर उडानमा बढी भाडा लिएको बारेमा छानबिन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानमा बढी भाडा लिएको बारे उजुरी परेपछि सम्बन्धित हवाई कम्पनीसँग आवश्यक छानबिन गरिरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताएका छन्। उनले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिसँग छानबिन गरी महंगो भाडा लिए वा नलिएको बारेमा चाडै प्रतिवेदन नेपाल सरकारलाई बुझाउने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्