बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा काठमाडाैं।काठमाडाैं उपत्यकाभित्र बढी भाडा लिने २५१ गाडी कारबाहीमा परेका छन्।यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन १ गतेदेखि लागू हुने गरी २८ प्रतिशत भाडा बढाएको थियो।तर छोटो दूरीमा समेत मनपरी भाडा लिन थालेपछि अनुगमन थालिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।भाडा बढी लिएको पाईएमा १०३ नम्बरमा फोन गरेर सूचना दिन महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्