अमेरिकाविरुद्ध एकजुट हुँदै चिनियाँः अमेरिकी ल्याबको परिक्षण गर्न २० लाखभन्दा बढीले गरे हस्ताक्षर काठमाडौं।अमेरिकाले कोरोना भाइरस चीनको वुहानस्थित ल्याबबाट उत्पादन गरिएको भन्ने आरोप निरन्तर लगाएपछि त्यसविरुद्ध चिनियाँ जनता एकजुट हुन थालेका छन्। अमेरिकी आरोपलाई अस्वीकार गर्दै उनीहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिकी फोर्ट डेट्रिक प्रयोगशालाको अनुसन्धान गर्न दवाब दिन हालसम्म २० लाखभन्दा बढी चिनियाँले हस्ताक्षर गरिसकेका छन्। उनीहरुले अमेरिकी सोही प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्