बेलायतले एसियाको जल क्षेत्रमा दुई वटा युद्धपोत स्थायी रुपमा राख्ने
सीएनएन।‘साउथ चाइना सी’ लाई लिएर चीन र अमेरकाबीच तनाव बढिरहेका बेला बेलायतले पनि उक्त क्षेत्रमा दुईवटा युद्धपोतलाई स्थायी रुपमा तैनाथ गर्ने घोषणा गरेको छ।सेप्टेम्बरमा सो क्षेत्रमा हुने सैन्य अभ्यासका लागि बेलायतले क्वीन एलिजावेथ युद्धपोत सो क्षेत्रमा पठाउँदैछ।त्यसैक्रममा जाने अन्य दुई युद्धपोतलाई बेलायतले स्थायी रुपमा एसियाको जल क्षेत्रमा तैनाथ गर्ने बताएको हो।यो तैनाथी जापानको सहयोगको लागि गरिएको बेलायतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्