पाकिस्तानी मन्त्रीको आरोप– ‘बेस्ट फ्रेन्ड’ मोदीले शरिफको आग्रहमा इमरान खानको फोन ह्याक गरे एजेन्सी।पाकिस्तानका सूचना तथा प्रसारण राज्यमन्त्री फारुख हबीबले नवाज शरिफको आग्रहमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोन ह्याक गरेको आरोप लगाएका छन्।भारत सरकारले‘पेगासस स्पायवेयर’मार्फत फोन ह्याक गरी जासुसी गरेको सम्भावित सूचीमा पाकिस्तानका प्रधानमन्त्रीको नाम पनि रहेपछि हबीबले उक्त आरोप लगाएका हुन्।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ असल मित्र भएको जनाउँदै उनले शरिफकै आग्रहमा इमरानको फोन ह्याक भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्