अमेरिकी विदेशमन्त्री साउन १२ गते भारत आउने, हिन्द–प्रशान्त रणनीतिबारे छलफल गर्ने
एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन दुई दिने भारत भ्रमणको सिलसिलामा साउन १२ गते नयाँदिल्ली आउने भएका छन्। भ्रमणका बेला हिन्द–प्रशान्त रणनीतिका विषयमा दुई देशबीच छलफल हुने जनाइएको छ। यसैवर्षको अन्त्यमा वासिङटनमा क्वाड समूहको शीर्ष नेताहरुको भौतिक उपस्थितिमा हुने शिखर सम्मेलनको तयारीस्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्लिन्कनलाई भारत पठाउन लागेका हुन्। क्वाड समूहमा भारत, जापान, अष्ट्रेलिया र अमेरिका छन्।
प्रतिक्रिया दिनुहोस्