नाइजेरियामा एक सय महिला तथा बालबालिका अपहरणमुक्त बीबीसी।नाइजेरियमा बन्दुकधारी समूहले केही साताअघि अपहरण गरेका १०० महिला तथा बालबालिकालाई छोडिदिएको छ।उनीहरुलाई गत ८ जुनमा अपहरण गरिएको थियो।अपहरण गर्ने क्रममा बन्दुधकारीले ४ जनाको हत्या गरेका थिए।नाइजेरियाको जाम्फारा राज्य सरकारले उनीहरु अपहरण मुक्त भएको पुष्टि गरेको हो।फिरौती नबुझाई उनीहरुलाई मुक्त गरिएको दाबी जाम्फारा राज्य सरकारले गरेको छ।सन् २०२० डिसेम्बर यता नाइजेरियामा एक हजार भन्दा बढी मानिस अपहरणमा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्