साइबर सुरक्षाबारे चार दिने तालिम हुँदै
एजेन्सी। सफ्टवेयर कम्पनी ‘सेमिक’ले चार दिने साइबर सुरक्षासम्बन्धी तालिम दिने भएको छ। भर्चुअल रूपमा हुने उक्त तामिल २५ जुलाईदेखि २८ जुलाईसम्म हुने कम्पनीले व्यवस्थापक अदिति पौडेलले बताइन्। सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी रुचि राख्नेहरूका लागि आयोजना गरिएको यो तालिममा दुई जना नेपाली र दुई जना भारतीय प्रशिक्षक रहेका छन्। कम्पनीका अनुसार तालिमको लागि प्रतिदिन दुई सय ५० रुपैयाँ शुल्क लाग्नेछ।
प्रतिक्रिया दिनुहोस्