अन्तरिक्षबाट फर्किएपछि बेजोसको प्रतिक्रियाः आज जिन्दगीकै सबैभन्दा राम्रो दिन एजेन्सी। आफ्नै कम्पनी ‘ब्लु ओरिजिन’मार्फत अन्तरिक्षको यात्रामा निस्किएका संसारका धनाढ्य जेफ बेजोस ११ मिनेटमै धर्तीमा फर्किएका छन्। उनले धर्तीमा फर्किएपछि अन्तरिक्ष यात्राको बारेमा बोल्दै जिन्दगीकै सबैभन्दा राम्रो दिन भएको बताए। उनले आफ्नो सफल अन्तरिक्ष यात्रामा साथ दिने अमेजनका कर्मचारी र ब्लु ओरिजिनका कर्मचारीलाई धन्यवाद समेत दिए। बेजोसका अनुसार अन्तरिक्ष यात्रामा लागेको सबै खर्च अमेजनका कर्मचारी र सेवाग्राहीले भुक्तानी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्