विराटनगर। बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी (आइसीपी) भोलि (मंगलबार) देखि सञ्चालनमा आउने भएको छ। भारत सरकारले निर्माण सम्पन गरी नेपाल सरकारलाई हस्तान्तरण गरेपछि नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भोलि भिडियो कन्फ्रेन्समार्फत  आइसीपी उद्घाटन गर्ने भएका हुन्।

प्रधानमन्त्री ओलीले काठमाडौं र उनका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा ‘स्वीच अन’ गरी आइसीपीको उद्घाटन गर्ने कार्यक्रम रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिए।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा १२९ बिघा क्षेत्रमा आइसीपी तयार गरिएको छ। चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मा सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि मात्र शुरु भएको हो।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले एक अर्ब १४ करोड भारतीय रुपैयाँमा आइसीपीको निर्माण ठेक्कामा लिएका थिए। विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम आइसीपीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अपेक्षा गरिएको छ।

जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिएका छन्। आइसीपी भारत सरकारले निर्माण गरिदिएको हो। रासस

" /> विराटनगर। बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी (आइसीपी) भोलि (मंगलबार) देखि सञ्चालनमा आउने भएको छ। भारत सरकारले निर्माण सम्पन गरी नेपाल सरकारलाई हस्तान्तरण गरेपछि नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भोलि भिडियो कन्फ्रेन्समार्फत  आइसीपी उद्घाटन गर्ने भएका हुन्।

प्रधानमन्त्री ओलीले काठमाडौं र उनका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा ‘स्वीच अन’ गरी आइसीपीको उद्घाटन गर्ने कार्यक्रम रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिए।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा १२९ बिघा क्षेत्रमा आइसीपी तयार गरिएको छ। चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मा सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि मात्र शुरु भएको हो।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले एक अर्ब १४ करोड भारतीय रुपैयाँमा आइसीपीको निर्माण ठेक्कामा लिएका थिए। विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम आइसीपीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अपेक्षा गरिएको छ।

जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिएका छन्। आइसीपी भारत सरकारले निर्माण गरिदिएको हो। रासस

"> एकीकृत जाँचचौकी (आइसीपी) भोलिदेखि सञ्चालनमा आउँदै: Dekhapadhi
एकीकृत जाँचचौकी (आइसीपी) भोलिदेखि सञ्चालनमा आउँदै
विराटनगर। बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी (आइसीपी) भोलि (मंगलबार) देखि सञ्चालनमा आउने भएको छ। भारत सरकारले निर्माण सम्पन गरी नेपाल सरकारलाई हस्तान्तरण गरेपछि नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भोलि भिडियो कन्फ्रेन्समार्फत  आइसीपी उद्घाटन गर्ने भएका हुन्।

प्रधानमन्त्री ओलीले काठमाडौं र उनका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा ‘स्वीच अन’ गरी आइसीपीको उद्घाटन गर्ने कार्यक्रम रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिए।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा १२९ बिघा क्षेत्रमा आइसीपी तयार गरिएको छ। चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मा सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि मात्र शुरु भएको हो।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले एक अर्ब १४ करोड भारतीय रुपैयाँमा आइसीपीको निर्माण ठेक्कामा लिएका थिए। विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम आइसीपीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अपेक्षा गरिएको छ।

जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिएका छन्। आइसीपी भारत सरकारले निर्माण गरिदिएको हो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्