एयरपोर्ट गेटमा राखियो ट्राफिक लाईट काठमाडौं।एयरपोटस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा आएको छ।महाशाखा प्रहरी उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सीईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गरेपछि लाईट सञ्चालनमा आएको हो।भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईटको व्यवस्थापनमा तीव्रता दिने बताए।उनले विभिन्न संघ/संस्था, बैंक वित्तीय कम्पनीसँगको समन्वयमा लाईट जडान गर्ने क्रम अगाडि बढाउने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्