काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि अहिले दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने भएका छन्।
राष्ट्रिय जनता पार्टीका सांसद ठाकुरले जेष्ठ सदस्यको रूपमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्न लागेका हुन्। सभामुख र उपसभामुख दुवैले राजीनामा दिएपछि बैठकको अध्यक्षता जेष्ठ सदस्यको रूपमा ठाकुरले गर्न लागेका हुन्।
“उहाँलाई सपथ गराउने विषयमा राष्ट्रपति कार्यालयसँग छलफल भइरहेको छ,” प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले देखापढीसँग भने।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी, उपसचिव प्रल्हादप्रसाद पुडासैनीले पनि ठाकुरलाई शपथ गराउनेबारे परामर्श भइरहेको जानकारी दिए। “संसद सचिवालयबाट पत्र आइसकेको छैन, राष्ट्रपति कार्यालयमा पनि त्यसबारे परामर्श भइरहेको छ।”
" /> काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि अहिले दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने भएका छन्।राष्ट्रिय जनता पार्टीका सांसद ठाकुरले जेष्ठ सदस्यको रूपमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्न लागेका हुन्। सभामुख र उपसभामुख दुवैले राजीनामा दिएपछि बैठकको अध्यक्षता जेष्ठ सदस्यको रूपमा ठाकुरले गर्न लागेका हुन्।

">