नेपाली सेनाले कोरोनाका कारण स्थगन भएको भर्ना प्रक्रिया पुनः सुरु गर्यो काठमाडौं। नेपाली सेनाले कोरोनाको दोस्रो लहरको कारण स्थगित गरेको भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको जनाएको छ। स्थगित गरिएका परीक्षाहरु साउन १० गतेबाट साउन मसान्तसम्म लिइसक्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कोरोनाका दोस्रो लहरका कारण अधिकृत क्याडेट, पदिक तथा हुद्धा अधिकृत क्याडेट,विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, लेखा जम्मदार,पुजारी हुद्धा र अमल्दार कर्मचारीको भर्ना प्रक्रिया स्थगित गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्