जोन्सन एण्ड जोन्सन खोप लगाएको १४ दिनपछि मात्र साउदी जानुहोला, नत्र क्वारेन्टिनमा बस्नुपर्ला
काठमाडौं। साउदी अरबस्थित नेपाली दूतावासले नेपालबाट जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाएर आउनेले साउदीमा क्वारेन्टिनमा बस्नुनपर्ने जानकारी दिएको छ। दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“छुट्टीमा नेपाल गएर साउदी फर्किन लागेका र साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सन खोप लिन सक्नेछन्। उक्त खोप लगाएको१४दिनपछि साउदी अरबमा आउँदा यहाँ आएपछि संस्थागत क्वारेन्टिनमा बस्नुपर्दैन।”साउदीमा फाइजर,अस्ट्राजिनेका,मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोपले अनुमति पाएकाछन्।
प्रतिक्रिया दिनुहोस्