अफगानिस्तानको ९० प्रतिशत बोर्डर आफ्नो नियन्त्रणमा रहेको तालिबानको दाबी
एजेन्सी। तालिबान समूहले अफगानिस्तानको ९० प्रतिशत बोर्डर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले रुसी समाचार संस्थासँग अन्तरर्वार्ता दिने क्रममा यो दाबी गरेका हुन्। उनले ताजकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान र इरानसँग जोडिएको सीमामध्ये ९० प्रतिशतमा आफ्नो नियन्त्रण रहेको दाबी गरेका हुन्। अफगानिस्तानबाट अमेरिका र नेटो सैनिक फिर्ता हुन थालेपछि तालिबानले अफगान सुरक्षा फौजमाथिको आक्रमणलाई तिव्रता दिएको छ।
प्रतिक्रिया दिनुहोस्