अफगानिस्तानमा तालिबानले गरे १०० नागरिकको हत्या एजेन्सी।अफगानिस्तानको कन्धहार प्रान्तको स्पिन बोल्डक जिल्लामा १०० नागरिकको निर्मम हत्या गरिएको छ।अफगानिस्तानको गृह मन्त्रालयले नागरिकको हत्यामा तालिबान समूहको हात रहेको बताएको छ।पछिल्लो साता तालिबानले स्पिन बोल्डक जिल्लामा आक्रमण गरेको थियो।सोही क्रममा निहत्था नागरिकको निर्मम तरिकाले हत्या गरेको दाबी मन्त्रालयको छ।अझै पनि उनीहरुको शव कसैले उठाएको छैन। तालिबानले कब्जा गरेपछि लुटपाट मच्चाई उनीहरुको हत्या गरेको भनाई अफगान गृह मन्त्रालयको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्