चीनमा एक हजार वर्षपछि सबैभन्दा ठूलो वर्षा, ३३ जनाको मृत्यु
एजेन्सी।चीनमा एक हजार वर्षपछि सबैभन्दा ठूलो वर्षा भएको छ। वर्षापछि आएको बाढीमा परी ३३ जनाको मृत्यु भएको छ।बाढीमा परी ८ जना वेपत्ता भएका छन्।प्रान्तीय आपत्कालीन व्यवस्था विभागका अनुसार मुसलधारे पानीले हेनान प्रान्तमा ३० लाख मानिस प्रभावित भएका छन्।हेनान प्रान्तबाट ३ लाख ७६ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ। जलमग्न मेट्रो,होटल र सार्वजनिक स्थानमा फसेका सर्वसाधरणको उद्धारमा सेना खटाइएको छ।
प्रतिक्रिया दिनुहोस्