प्रदेश ५ का प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन
<p>काठमाडाैं। प्रदेश ५ प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ।</p>
<p>विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलको रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४, खैरियास्थित आफ्नै निवासमा दिउँसाे साढे १ बजे निधन भएको हो। छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए। पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो। </p>
<p>१९ माघ १९९४ मा प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेश सभाको सदस्य बनेका थिए। उनी प्रदेश सभाकै जेष्ठ सदस्य थिए। पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्