इक्वेडरको जेलभित्र दुई समूहबीच झडपः १८ कैदीको मृत्यु, ३५ जना घाइते एजेन्सी।इक्वेडरको जेलमा दुई समूहबीच झडप हुँदा १८ जना कैदीको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।मध्य इक्वेडरको गुआयाकील र लाटाकुंगा जेलमा उक्त झडप भएको थियो।झडपमा ९ जना प्रहरी समेत घाइते भएको जेलका अधिकारीले बताएका छन्।झडपका बेला लाटाकुंगा जेलबाट भागेकामध्ये ४५ जनालाई पक्राउ गरिसकिएको छ।यसअघि यसैवर्षका फेव्रअरीमा इक्वेडरको एक जेल भित्र भएको झडपमा ८० जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्