काठमाडौं। भन्सार छलेर सुर्तिजन्य पदार्थ तथा पान मसला भित्र्याउने तीन जना काठमाडौंमा पक्राउ परेका छन्।
भन्सार छलेर सुर्तिजन्य पदार्थ तथा पान मसला भारतबाट भित्र्याई लुकाई छिपाई काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई महानगरीय अपराध महाशाखा टेकुले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार सुन्धारा बस्ने भारत मोतिहारीका २७ वर्षिय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोटका ३० वर्षिय नारायण बोगटी र गौरिघाट बस्ने भारत छपराका ४५ वर्षिय उदय भनिने शरण कुमार सिंह पक्राउ परेका हुन्।
काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरिघाटस्थित गोदामबाट उनीहरुलाई सामानसहित पक्राउ गरिएको हो। उनीहरुले सुर्तिजन्य पदार्थ तथा पान मसला, कपडा, मोटर पार्टस लगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याई सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौं लगायत देशका विभिन्न ठाउँमा विक्री गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक सिंहले बताए।
पक्राउ परेका तीनै जनासहित बरामद सामान पनि कारबाहीका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ। पक्राउ परेकाहरुको साथबाट रजनीगन्धा, तुल्सी, सुपारी, पान मसाला, गुट्खा, सुर्ति, दन्त मन्जन लगायतका सामान बरामद भएको छ।
बरामद सामानको मूल्य करीब ५० लाख रुपैयाँ बराबर भएको पनि प्रहरीले जानकारी दिएको छ।